३० जेठ २०८३, शनिबार

गाउँको बच्चाको मृत्यु हुँदा बोक्सीको आरोपमा यातना

असोज ५, २०७७
गाउँको बच्चाको मृत्यु हुँदा बोक्सीको आरोपमा यातना

अखिन नेपाल महिला सङ्घले मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा यातना दिनेलाई कारवाहीको माग गरेको छ ।
 सङ्घकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले आज विज्ञप्ति जारी गर्दै सिराहाको नवराजपुर गाउँपालिका–५ कसुन्डी निवासी ४५ वर्षिया यादवलाई कथित बोक्सीको आरोपमा मलमुत्र खुवाइ क्रुर यातना दिएर गम्भीर घाइते बनाएको प्रति ध्यानाकषण भएको जनाउँदै कारवाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा कथित वोक्सीको नाममा यस्तो अपराधिक कार्य गर्नु महिला हिंसा र मानवअधिकार उल्लंघनको भएको जनाउँदै समाजका भद्र तथा अगुवा भनिएकाबाट भएको यस्तो बर्बर यातनाप्रति घोर निन्दा र भत्र्सना गरेका छन् ।

गत भदौ २९ गते गाउँको एउटा बच्चा बिरामी भएको, अर्को एक जनाको चट्याङ लागेर निधन भएको र पोखरीमा डुबेर एक छिमेकीको निधन भएको घटनामा यादवलाई कथित बोक्सीको ओरोपमा यातना दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्