एकैदिन १७ सय रुपैयाँले घट्यो सुनको भाउ, कति छ आज मूल्य ?
नेपाली बजारमा सुनको मूल्यमा एकैदिन १ हजार ७ सय रुपैयाँ नजिकको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन अघिल्लो दिनको तुलनामा १ हजार ७ सय रुपैयाँले कम हो ।
सोमवार छापावाल सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार तेजाबी सुन प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने यस्तो सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।