
अवैध रुपमा लुकाएर राखिएको २१ किलो रक्तचन्दनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाडौंको बौद्ध तीनचुलेबाट उनीहरूलाई पक्राउ गरेको हो ।
तीनचुलेको बुद्धभूमि टोलमा रहेको डमरु कारखाना (फर्निचर)मा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा २१ किलो रक्तचन्दनको दुई वटा मुडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कारखाना भित्र रहेको सुनिल तामाङको सुत्ने कोठाबाट मुडा बरामद गरेको हो ।
यससँगै प्रहरीले नुवाकोटका १८ वर्षिय सुनिल तामाङ, २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेका २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकका ४२ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको छ ।
यससँगै प्रहरीले रक्तचन्दनको १६ किलो र ५ किलोको २ वटा मुडा तथा एक लाख ८६ हजार १ सय ५० रुपैयाँ बरामद गरेको छ ।