
आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित भएको छ ।
मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै आधिकारिक ट्रेड युनियनको चुनाव तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले युनियनको वर्तमान कार्यसमितिको कार्यकाल आगामी वैशाखसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।
ट्रेड युनियनको चुनाव यही असोज २४ गतेका लागि तय भएको थियो ।
साथै बैठकले हिजो निधन भएका कीर्तिमानी आरोही आङ्गरिता शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येस्टी गर्ने निर्णय पनि गरेको बताइएको छ ।
शेर्पाको सोमवार निधन भएको थियो ।