१४ असार २०८३, आइतबार

मतदाता नामावलीमा नाम नभएकालाई इटहरीको मेयर सिफारिस

कात्तिक २०, २०७४
मतदाता नामावलीमा  नाम नभएकालाई इटहरीको मेयर सिफारिस

इटहरी, २४ बैशाख –माओवादी केन्द्रबाट इटहरी उपमहानगरपाकिो मेयरमा सिफारिस उम्मेदवार  शारदा पोखरेलको नाम मतदाता नामावली नै नभएको पाइएको छ ।Meyor

माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा माओवादी युद्धकालबाटै माओवादीमा सक्रिय पोखरेलको नाम नै मतदाता नामावलीमा नभएको पाइएपछि इटहरीमा यो विषयले चर्चा पाएको छ ।

प्रगतिशिल लेखक संघ सुनसरीका अध्यक्ष तथा माओवादी केन्द्रमा आस्था राख्ने लेखक तथा संचारकर्मी राम खरेलको फेसबुक पोस्टबाट यो कुराको संकेत भएको थियो ।

गत बैशाख १३ गते बुधबार खरेलले लेखेको फेसबुकमा भनिएको छ, ‘हाम्रो सहरमा मतदाता नामावलीमा नाम नै नभएका नेतालाई इटहरी उप–महानगरपालिकाको मेयरको पदमा उमेद्धवारी सिफारिस गरिएको हल्ला छ ।’

यसबारे जिज्ञाशा राख्दा माओवादी केन्द्र सुनसरीका एक प्रभावशाली नेताले पोखरेलको नाम मतादाता नामावलीमै नभएको बताए ।

यसैबीच पोखरेल भने आफ्नो नाम मतदाता नामावलीमा भएको दाबी गरेकी छिन् । ‘अरुले मेरो नाम मतदाता नामावलीमा छैन भनेर गरेको प्रचास र हल्ला गलत हो’, पोखरेलले भनिन्, ‘मेरो नामावली इटहरीको वडा नम्बर पाँचमा छ ।’

salt training

कमेन्ट गर्नुहोस्