
इटहरी, २४ बैशाख –माओवादी केन्द्रबाट इटहरी उपमहानगरपाकिो मेयरमा सिफारिस उम्मेदवार शारदा पोखरेलको नाम मतदाता नामावली नै नभएको पाइएको छ ।
माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा माओवादी युद्धकालबाटै माओवादीमा सक्रिय पोखरेलको नाम नै मतदाता नामावलीमा नभएको पाइएपछि इटहरीमा यो विषयले चर्चा पाएको छ ।
प्रगतिशिल लेखक संघ सुनसरीका अध्यक्ष तथा माओवादी केन्द्रमा आस्था राख्ने लेखक तथा संचारकर्मी राम खरेलको फेसबुक पोस्टबाट यो कुराको संकेत भएको थियो ।
गत बैशाख १३ गते बुधबार खरेलले लेखेको फेसबुकमा भनिएको छ, ‘हाम्रो सहरमा मतदाता नामावलीमा नाम नै नभएका नेतालाई इटहरी उप–महानगरपालिकाको मेयरको पदमा उमेद्धवारी सिफारिस गरिएको हल्ला छ ।’
यसबारे जिज्ञाशा राख्दा माओवादी केन्द्र सुनसरीका एक प्रभावशाली नेताले पोखरेलको नाम मतादाता नामावलीमै नभएको बताए ।
यसैबीच पोखरेल भने आफ्नो नाम मतदाता नामावलीमा भएको दाबी गरेकी छिन् । ‘अरुले मेरो नाम मतदाता नामावलीमा छैन भनेर गरेको प्रचास र हल्ला गलत हो’, पोखरेलले भनिन्, ‘मेरो नामावली इटहरीको वडा नम्बर पाँचमा छ ।’