१२ साउन २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १०% छुट

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १०% छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ऋणीहरुलाई असोज मसान्तभित्र तिर्नुपर्ने व्याज समयमै भुक्तानी गरेमा व्याज रकममा १०% छुट दिने घोषणा गरेको छ ।

बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्‍याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो  । 

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको बैंकको भनाइ छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्