०४ असार २०८३, बिहीबार

हिउँचितुवाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

असोज ७, २०७७
हिउँचितुवाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘हिउँचितुवा’का नामले विश्वप्रसिद्ध शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्री तथा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सम्मानसाथ पर्वतारोही शेर्पाको अन्त्येष्टि गरिने र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको जानकारी दिए । बोटलमा लगिएको अक्सिजन विना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका शेर्पाको सोमवार ७२ वर्षको उमेरमा काठमाडौंको जोरपाटीमा निधन भएको हो ।

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । असोज २४ गतेका लागि निर्वाचन तय गरिएको थियो । जेठ १९ गते नै म्याद सकिएको ट्रेड युनियनको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप समेत गरिएको जनाइएको छ । 

ट्रेड युनियनको निर्वाचनका लागि ११० ठाउँमा स्थापना गरिएको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णयसमेत गरिएको छ । यसैगरी इजरायलमा ‘केयरगिभर’ पठाउन स्वीकृति प्रदान गरिएको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्