०८ साउन २०८३, शुक्रबार

डुम्रेमा ३८५ परिवारलाई खाद्यान्न वितरण

असोज ७, २०७७
डुम्रेमा ३८५ परिवारलाई खाद्यान्न वितरण
प्रतिकात्मक तस्वीर

तनहुँको डुम्रेस्थित स्थानीय युनिटी ग्रूपमा आबद्ध युवाको सक्रियतामा स्थापना गरिएको फूड बैंकमार्फत २ पालिकाका ३८५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानअनुरुप १ हप्ताको अवधिमा बन्दिपुर र भानु नगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । 

बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा ३ दिन र भानु–१ स्थित सालबिस्नेमा १ दिन गरी ७ दिन फूड बंैकमार्फत खाद्यान्न वितरण गरिएको हो । कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, अपाङ्ग, न्यून आए भएका र बिहान–बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको ग्रूपका संयोजक विक्रम गुरुङले जानकारी दिए ।

१ हप्ताअघि डुम्रेबाट कार्यक्रम शुरू गरेको गु्रपले प्रतिपरिवार ४ किलो चामल, १ पोका नून, १/१ पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो । फूड बैंक सञ्चालनका लागि ग्रूपका सदस्य, देशविदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्