११ असार २०८३, बिहीबार

उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ

कात्तिक २०, २०७४
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ


प्योङ्याङ, २४ वैशाख - उत्तर कोरिया आइतबार एक अर्का अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ ।kim-jong-un-north-korea

प्योङ्याङले किम हाक सोङ् नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलार्य प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ परेका ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ ।

एक महिनाको अन्तररालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी नागरिक हुन् भने हालसम्म चार जना अमेरिकीलाई पक्राउ गरिएको छ । प्राप्त जानकारी अनुसार किमले ‘प्योङ्याङ यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा अध्यापन गर्छन ।

कुनै स्रोतलाई उल्लेख नगरिकनै यहाँको न्यूज एजेन्सीले पक्राउ परेका किममाथि आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ ।

पक्राउ परेका दुवैजना कोरियाली मुलका अमेरिकी नागरिक हुन् र उत्तर कोरियामा शिक्षण पेशामा संलग्न छन् ।

उनीहरु बाहेक दुई अन्य अमेरिकी नागरिक पनि कोरियाली जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

उत्तर कोरियाले गत शुक्रबार संयुक्त राज्य अमेरिकाको जासुसी निकाय र दक्षिण कोरियाद्वारा आफ्नो सर्वोच्च नेता किम जोङ् उनलाई गत महिना सामूहिक समारोहमा हत्या गर्ने गरेको षड्यन्त्रलाई असफल पारेको जनाएको थियो ।

सो षड्यन्त्रणमा संलग्न भएको भन्दै केही आरोपितलाई पनि थुनामा लिइएको बताइएपनि कति जना अहिले सो मुद्दामा जेलमा छन्, पुष्टि हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्