१३ असार २०८३, शनिबार

बुटवलमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

असोज ८, २०७७
बुटवलमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । दुवै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीवार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहीवारै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्