
मन्त्रालयका नियमित कार्यसूचीमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बिहीवार साँझ बस्ने भएको छ ।
साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । नियमित एजेण्डा भएपनि कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका विषयमा केही निर्णय हुने सम्भावना छ ।
स्रोतका अनुसार सरकारले टेकुका अतिरिक्त काठमाडौंमा अन्य क्षेत्रमा पनि निशुल्क पीसीआर परीक्षणका लागि ठाउँ तोक्ने सम्भावना छ ।
पछिल्लो दिनमा टेकुमा पीसीआर परीक्षण गराउनेको लामो लाइन छ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने ती मन्त्रीले जानकारी दिए ।