२५ असार २०८३, बिहीबार

नेकपा स्याङ्जाले पहिरोमा परी निधन भएका परिवारलाई आवास बनाउन सहयोग गर्ने

नेकपा स्याङ्जाले पहिरोमा परी निधन भएका परिवारलाई आवास बनाउन सहयोग गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाले बिहीवार वालिङ र कालिगण्डकीमा गएको पहिरोमा परी मृत्यु हुनेप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

अध्यक्ष सूर्य प्रसाद गैह्रे 'पारस'ले एक विज्ञप्ति जारी गर्दै मृत्यु हुनेको परिवारलाई नयाँ आवास निर्माणका लागि सहयोग र राहतका लागि आवश्यक पर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहान साढे २ बजे आएको पहिरोले कालिगण्डकी ४, गौलमटोलमा बाबुराम दमाई र जगतबहादुर दमाईको घर पुरिएको थियो । जसमा बाबुराम दमाईका छोरा विष्णु दमाईको दुखद निधन भएको छ ।

वालिङ नगरपालिका- १४, तमादीमा आजै बिहान गएको पहिरोमा पुरिएर एकै परिवारका माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, बिनिताको एकवर्षे छोरा, शिशिर नेपाली, दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपाली को दुखद निधन भएको छ ।

'उल्लेखित दुखद घट्नाले हामी सबैलाई अति मर्माहत बनाएको छ,' पारसले विज्ञप्तिमा लेखेका छन्, घटनामा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति जिल्ला पार्टिको तर्फबाट समवेदना व्यक्त गर्दछु । दुखित परिवारलाई नयाँ आवास निर्माणको लागि सहयोग र राहत व्यवस्थाको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्