२१ जेठ २०८३, बिहीबार

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध
सांकेतिक तस्वीर

अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौंडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ । 

पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले  बताउनुभयो ।

त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ ।

यसैबीच राक्सिराङ गाउँपालिकामा पहिरोले पशुचौपायासमेत पुरेको खबर आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्