२३ जेठ २०८३, शनिबार

तिनाउमा आएको बाढीले घर बगायो

असोज ८, २०७७
तिनाउमा आएको बाढीले घर बगायो
फाइल फोटो

तिनाउमा आएको बाढीले बिहीवार दिउँसो एउटा घर बगाएको छ ।

बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित प्रेमकुमारी खाम्चाको घर बाढीले कटान गरी बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बाढीले घर बगाए पनि मानवीय क्षति नभएको जानकारी दिए । 

उनले लोकान्तरसँग भने, ‘नदीमा पानीको बहाव बढेपछि ४ कोठे घर खाली गराइएको रहेछ । ब्लकको घर हो । उहाँहरूलाई अन्यत्र सारिएको छ । अन्य जोखिमपूर्ण क्षेत्रका बस्तीलाई पनि स्थानान्तरण गर्न स्थानीय तहलाई जानकारी गराएइको छ ।’

तिनाउले सतहताको तह पार गरेको छ । तिनाउ नदीमा दिउँसोसम्म पानीको तह ५.७५ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्