३१ असार २०८३, बुधबार

आर्थिक लेनदेनमा फँसेकी फर्पिङकी इन्स्पेक्टर अनु लामा रानीपोखरी तानिइन्

आर्थिक लेनदेनमा फँसेकी फर्पिङकी इन्स्पेक्टर अनु लामा रानीपोखरी तानिइन्

महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमुख इन्स्पेक्टर अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।

स्रोतका अनुसार लामाबारे आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि रानीपोखरी डीआईजी कार्यालय तानिएको हो ।

उनी ८ महिना पहिले फर्पिङ प्रभागको प्रमुख भएर गएकी थिइन् ।

एक हप्ता अघिमात्र बुढानीलकण्ठ प्रहरी प्रभाग प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरी विवादकै आशंकामा रानीपोखरी तानिएका थिए ।

नेपाल प्रहरीमा आर्थिक लेनदेन र अन्य विवादको गुनासो आउने क्रम बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्