
महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमुख इन्स्पेक्टर अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।
स्रोतका अनुसार लामाबारे आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि रानीपोखरी डीआईजी कार्यालय तानिएको हो ।
उनी ८ महिना पहिले फर्पिङ प्रभागको प्रमुख भएर गएकी थिइन् ।
एक हप्ता अघिमात्र बुढानीलकण्ठ प्रहरी प्रभाग प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरी विवादकै आशंकामा रानीपोखरी तानिएका थिए ।
नेपाल प्रहरीमा आर्थिक लेनदेन र अन्य विवादको गुनासो आउने क्रम बढेको छ ।