
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको हो । उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।