२१ जेठ २०८३, बिहीबार

राष्ट्रपति भण्डारी र स्वीट्जरल्याण्डका समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

राष्ट्रपति भण्डारी र स्वीट्जरल्याण्डका समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र स्वीट्जरल्याण्डकी समकक्षी साइमोनेता सोमरुगाबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा दुई देशबीचको सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

सो क्रममा कोरोनाका कारण दुबै देशमा मानवीय क्षति भएकोमा दुबै राष्ट्रप्रतिले सहानुभूति व्यक्त गर्दै स्वीट्जरल्याण्डले नेपाललाई गर्न सक्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता स्वीस राष्ट्रपतिले जनाएकी थिइन् ।
स्वीट्जरल्याण्ड र नेपाल दुबै भूपरिवेष्ठित राष्ट्र भएकाले वातावरण संरक्षणका साथै जलवायु परिवर्तनको प्रभावसँग मिलेर जुध्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
 

salt training

कमेन्ट गर्नुहोस्