२१ जेठ २०८३, बिहीबार

‘सार्क सम्मेलन चाँडै गरौं’

असोज ९, २०७७
‘सार्क सम्मेलन चाँडै गरौं’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन सकेसम्म चाँडै गर्न सदस्य मुलुकहरूलाई आग्रह गरेका छन् । उनले सार्कलाई यसलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघ (यूएन) को ७५ औं महासभाअन्तर्गत विदेशमन्त्रीस्तरीय साइडलाइन भर्चुअल वार्तामा उनले सार्कबारे कुरा राखेका हुन् । साइडलाइन वार्ता यस पटक कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट भएको हो । सार्कको अध्यक्ष मुलुकका रूपमा मन्त्री ज्ञवालीले बैठकको अध्यक्षता गरेका थिए ।

सन् २०१४ मा नेपालमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो । पाकिस्तानको इस्लामाबादमा १९ औं शिखर सम्मेलन हुने भनिए पनि भारत र पाकिस्तानको आपसी द्वन्द्वले हालसम्म हुन सकेको छैन ।

मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिए । उनले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्न सकिने परिवर्तन ल्याउनुपर्नेमा बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्ध लड्न क्षेत्रीय रूपमा क्षमता विकास गर्नुपर्ने पनि बताए । वार्तामा भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीलगायत सहभागी थिए । यूएनको ७४ औं महासभाको सार्क मन्त्रीस्तरीय साइडलाइन वार्तामा पाकिस्तानका विदेशमन्त्री हुँदा भारतका विदेशमन्त्री बैठकमा नबस्ने गरेको देखिएको थियो । कान्तिपुर दैनिकमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्