२५ असार २०८३, बिहीबार

डिप्रोक्स लघुवित्तको हकप्रद किन्नुभो ? आज बन्द हुँदैछ

कात्तिक २०, २०७४
डिप्रोक्स लघुवित्तको हकप्रद किन्नुभो ? आज बन्द हुँदैछ

काठमाडौं, २५ वैशाख– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि १ सेयर बराबर १ नयाँ सेयरको अनुपातमा निष्काशन गरेको हकप्रद सेयरको बिक्री आजदेखि बन्द गर्दै छ ।

बैंकले १०० रुपैयाँ अंकित दरमा २५ लाख ७९ हजार २ सय ३८.४५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

बैंकले २०७३ चैत ७ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयर खरिदका लागि २०७३ फागुन, २ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने छन् ।

हकप्रद सेयर खरिद गर्न छुटेका सेयरधनीले आज (सोमबार) बैंकिङ समयसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्