०१ असार २०८३, सोमबार

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ओली-प्रचण्ड छलफल

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ओली-प्रचण्ड छलफल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर शुक्रवार पनि छलफल भएको छ ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । 

सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोहीअनुसार अध्यक्षद्वयबीच बिहीवार पनि पनि छलफल भएको थियो । 

नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनका तीन विकल्पमा छलफल भइरहेको स्रोतको दाबी छ । सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने या राम्रो काम गरेकालाई बाँकी राखेर केहीलाई हटाउने प्रस्तावमा छलफल भइरहेको छ । 

अध्यक्षद्वयबीच रिक्त संवैधानिक आयोगहरूमा नियुक्तिबारे समेत छलफल भइरहेको छ । डा. युवराज खतिवडाले राजीनामा गरेपछि अर्थमन्त्रालय रिक्त छ । 

कोरोना संकटका कारण अर्थतन्त्र जर्जर बनेको समयमा अर्थमन्त्रालय नेतृत्वविहीन बन्दा कामकारवाही प्रभावित भएका छन् ।

खतिवडाले राजीनामा गरेपछि अर्थमन्त्रालय ओलीले नै राखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्