
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा बरिष्ठ पत्रकार गोपाल बुढाथोकी चयन भएका छन् ।
शुक्रवार बसेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले ज्येष्ठ सदस्य बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।
कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले कार्यकाल नसकिदै राजीनामा दिएपछि बुढाथोकी कार्यबहाक अध्यक्ष चुनिएका हुन ।
४ दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय बुढाथोकी साघु साप्ताहिकका सम्पादक हुन् ।
‘प्रेस काउन्सिल कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट आज मैले बोर्डसमक्ष राजीनामा पेश गरेको छु,बोर्डले आजै ऐन,कार्यविधि,नजिर र सर्वोच्च अदालतको आदेशसमेतको सम्मान गर्दै नयाँ जिम्मेवारीमा वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ,’ निवर्तमान कार्यबहाक अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन् ।