१४ असार २०८३, आइतबार

ड्रग्स केस : यी २ टिभी कलाकारमाथि पनि प्रहरीले चलायो मुद्दा

असोज ९, २०७७
ड्रग्स केस : यी २ टिभी कलाकारमाथि पनि प्रहरीले चलायो मुद्दा

सुशान्त सिंह राजपूतको मृत्युपछि पछिल्ला दिनहरूमा भारतीय फिल्म जगतमा लागूपदार्थ ड्रग्सको मुद्धा बाहिर आइरहेको छ ।

बलिउडका चर्चित अभिनेत्रीहरू ड्रग्स प्रकरणमा मुछिएका छन् । 

कन्ट्रोल ब्यूरोले  रिया चक्रवर्तीलाई पक्राउ गरेपछि एकपछि अर्का अभिनेत्रीहरू यस मुद्धामा मुछिएका छन् । 

बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरमाथि अनुसन्धान चल्दैछ । 

यसै समयमा टिभी कलाकारमाथि पनि यस्तो आरोप लागेको छ । 

शुक्रवार अनुसन्धान ब्यूरोले टिभी कलाकार अभिनेता सनम जोहर र अबिगेल पाण्डेविरुद्ध लागुपदार्थ सेवनको आरोपमा मुद्धा दर्ता गरेको छ । 

मुम्बई एनसीबीले एनडीपीएसको धारा २० अन्तर्गत यो मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि बिहीवार एनसीबीले अनुसन्धान गरेको थियो भने अघिल्लो दिन उनीहरूको घरमा छापा मारेको थियो । 

अहिले उनीहरूलाई पक्राउ भने नगरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्