यतिबेला संयुक्त राज्य अमेरिकामा चुनावी माहोल व्याप्त छ । कोरोना महामारीका कारण विश्वमै सबैभन्दा ठूलो क्षति व्यहोरेको अमेरिकामा आउने नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।
राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन र रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प भिड्दैछन् । ट्रम्प जसले ४ वर्ष अमेरिकाको राष्ट्रपति कार्यकाल चलाइसकेका व्यक्ति हुन् ।
ट्रम्प श्वेत जातिवादी भएको र उनको पालामा अमेरिकाको आर्थिक, राजनीतिक र कूटनीतिक स्तर घटेको भन्दै आलोचना हुने गरेको छ ।
ट्रम्प कूटनीतिकै कारण विश्वमा अमेरिकाले यसअघि प्राप्त गरेको छबी गिर्दो स्तरमा रहेको भन्दै ट्रम्पका आलोचकहरूले अहिले पनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने माग राख्दै आएका छन् ।
ट्रम्प पहिलोपटक राष्ट्रपति हुनुभन्दा अघि सडकमा अनौठो दृश्य देखिने गरेको थियो । 'मलाई एक डलर देऊ, अन्यथा मैले ट्रम्पलाई भोट हाल्छु' भन्दै सडकमा प्लेकार्ड बोकेका मगन्तेहरू देखिएका थिए ।
अहिले पनि ट्रम्प विरोधी अभियानमा यस्तै खाले दृश्यहरू देखिन थालेका छन् ।
के ट्रम्पले पुनः अमेरिकाको नेतृत्व गर्न पाउलान् त ? यसको जवाफ भने नोभेम्बरमा हुने निर्वाचनको मतले नै देखाउला ।