
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ सय १३ रहेको जनाएको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार २६२ को पीसीआर परीक्षण भएको र त्यसमध्ये १३ सय १३ मा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ पुगेको छ ।
डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ सय ५५ रहेको बताए ।
संक्रमणमा आएको वृद्धिसँगै होम आइसोलेसनमा बस्नेहरूको संख्या पनि बढ्दै गएको छ ।
संक्रमितमध्ये ८ हजार २३७ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् ।