
कोरोना संक्रमितका हिसावले विश्वकै शीर्ष स्थानमा रहेको अमेरिकामा संक्रमितको कुल संख्या ७२ लाख नाघेको छ। शुक्रबार रातिसम्म अमेरिकामा ७२ लाख ४ हजार ४२४ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या भने ४४ लाख ५८ हजारको हाराहारीमा रहेको छ ।
हालसम्म अमेरिकामा २ लाख ७ हजार बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । अहिलेपनि अमेरिकामा २५ लाख बढी सक्रिय संक्रमित रहेका छन् । विश्वभर भने हालसम्म करोड २५ लाख ६४ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।