
काठमाडौं, २५ वैशाख — अफगानिस्तानमा इस्लामिक स्टेटका प्रमुख अब्दुल हसिब मारिएको राष्ट्रपति असरफ गानीको कार्यालयले जनाएको छ ।

अफगानी विशेष फौजले चलाएको दश दिनअघि पूर्वी नान्गरहारमा चलाएको एक कारवाहीमा परी उनको मृत्यु भएको बताइएको छ ।
हसिबले गत मार्च महिनामा काबुलको एक सैन्य अस्पतालमा भएको आक्रमणको योजना बनाएको विश्वास गरिन्छ । उक्त आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको थियो ।
अघिल्लो महिना पेन्टागनले हसिब अमेरिकी तथा अफगानी विशेष फौजको आक्रमणमा मारिएको बताएको थियो ।
अप्रिल महिनामा अमेरिकी सेनाले अफगानिस्तानको नान्गरहारमा अहिलेसम्मकै सबभन्दा ठूलो गैरआणविक बम खसालेको थियो ।
बीबीसीबाट