१७ असार २०८३, बुधबार

प्रहरीको फेसबुक स्टाटस - 'हल्का नेपाली कांग्रेसको घरदैलो कार्यक्रममा हिँडेको अवस्था'

कात्तिक २०, २०७४
प्रहरीको फेसबुक स्टाटस - 'हल्का नेपाली कांग्रेसको घरदैलो कार्यक्रममा हिँडेको अवस्था'
काठमाडौं, २५ वैशाख - सामाजिक सञ्जाल फेसबुकको बायोडाटामा नेपाल प्रहरीमा जागिर गर्छु भनेर उल्लेख गरेका र बर्दी लगाएकै फोटा सामाजिक सञ्जालमा राखेका एक जना प्रहरी कर्मचारी फन्दामा परेका छन् । उनले आफ्नो काम बारे फेसबुकमा लेख्नु त खासै ठूलो कुरा थिएन । पोशाकमा खिचेको फोटो फेसबुकमा राख्ने सौख पनि हुन्छ । प्रहरी कर्मचारी हुन सुमन भण्डारी ।

तर, फसाद चाहिँ के पर्यो भन्दा उनले एउटा स्टाटस सामाजिक सञ्जालमा लेखे । सोही फेसबुकमै उनले हल्का नेपाली कांग्रेसको र्याली र घरदैलो कार्यक्रममा हिँडेको अवस्था भनेर कांग्रेसको झण्डा अंकित टिसर्ट लगाएको फोटो फेसबुकमा अपलोड गरेका छन् ।
यहाँ सम्म त बरु ठिकै थियो । हिँजो एक जना टुइटर प्रयोगकर्ताले सरकारको नुन पानी खाएर यस्तो गर्न पाइन्छ कि पाइँदैन भनेर हेल्लो सरकारलाई मेन्सन गरे ।

हेल्लो सरकारले तत्कालै सो को जानकारी नेपाल प्रहरीलाई गरायो । नेपाल प्रहरीले उक्त विषयमा जानकारी प्राप्त भएको र विभागीय कारबाही गरिने बताउँदै प्रतिक्रिया दियो ।

प्रहरीले यस्तो प्रतिक्रिया दिएसँगै उनी फन्दामा परेका छन् । पुलिस कन्स्टेबलको रुपमा नेपाल प्रहरीमा कार्यरत भनेर उनले फेसबुकमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्