२४ असार २०८३, बुधबार

गुरिल्ला ट्रेलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेः सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्

कात्तिक २०, २०७४
गुरिल्ला ट्रेलको उद्घाटन  गर्दै प्रधानमन्त्री प्रचण्डले भनेः  सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्
रुकुम, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनुभएको छ । 

रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको उल्लेख गर्दै उहाँले मधेसी, मुस्लिम, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुश्चित गर्न विधेयक दर्ता गराएको बताउनुभयो ।

उहाँले संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले आफूले ल्याएकाले विरोधका लागि मात्र विरोध नगर्न नेकपा (एमाले)लाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूहरु देशलाई आर्थिक रुपले समृद्ध बनाएर जनवादलाई पूरा गर्दै समाजवादतर्फ अगाडि बढ्ने तयारीमा रहेको बताउनुभयो ।

देश आर्थिक रुपले समृद्ध नभएसम्म विकास हुन नसक्ने भएकाले संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धितर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री दाहालको दाबी थियो । उहाँले जनयुद्धको उद्देश्य पूरा नभई अहिले एउटा बिसाउनीमा विश्राम गरिरहेकाले आफूहरुको यात्रा अझै जारी रहेकाले यात्रामा निरन्तर सहयोग गर्न रुकुमवासीलाई आग्रहसमेत गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्