०९ असार २०८३, मंगलबार

उत्तर कोरियाको परमाणु संयन्त्र देखेका एक मात्र अमेरिकी भन्छन्ः यति ठूलो क्षमताको प्रतिष्ठान देखेको थिइन

कात्तिक २०, २०७४
उत्तर कोरियाको परमाणु संयन्त्र देखेका एक मात्र अमेरिकी भन्छन्ः यति ठूलो क्षमताको प्रतिष्ठान देखेको थिइन

अमेरिकी परमाणु वैज्ञानिक सिफ्रिड ह्याकर यस्ता अन्य व्यक्ति थिए जसलाई उत्तर कोरियाले आफ्नो परमाणु संयन्त्र हेर्नका लागि बोलाएको थियो ।

ह्याकरलेले बीबीसीलाई आफूले सन् २०१० मा उत्तर कोरियाको परमाणु कार्यक्रम बारे जानकारी दिएका छन् ।
यस अघि विश्वका कोसैले पनि उत्तर कोरियाको परमाणु कार्यक्रम यति नजिकबाट देखेका थिएनन् ।

उनको उत्तररको यात्रापछि त्यहाँको परमाणु कार्यक्रमबारे बाहिरी विश्वलाई व्यापक जानकारी प्राप्त भएको थियो ।
ह्याकर भन्छन्, सबैभन्दा पहिला म यसअर्थ चकित भएकी म जुन भवनमा गए जसमा म पहिला गएको थिए त्यो पूर्ण रुपमा परिवर्तन भएछ । ’

उनले बताए,‘हामी दोस्रो तलामा गयौं र हामी निरीक्षण गर्न मिल्ने झ्यालबाट ठूलो हलमा देख्यौं जहाँ २ हजार धातुको सिलिन्डर थिए जसलाई एकदोस्रोसँग जोडिएको थियो ।

ह्याकर याद गर्छन्,‘त्यतिखेर म हैरान भए, मेरो मुख खुलेको खुल्यै भयो किनकी मैले यति ठूलो क्षमताको प्रतिष्ठान देखेको थिइन् । ’


ह्याकरले परमाणु प्रतिष्ठानको नियन्त्रण कक्ष पनि देखे जसमा पुरानो जमानको चार्ट तथा डायको सट्टा नयाँ तरिकाको उपकरण थियो ।

यसबाट उत्तरले आफू प्लूटोनियम बम मात्र नभएर अत्याधिक समृद्ध यूरेनियम बम पनि बनाउन सक्छौं भनेर देखाउँदै थियो ।

यूरेनियम बमलाई निकै सजिलै र तीब्र रुपमा बनाउन सकिन्छ । सिफ्रिड ह्याकरलाई थाहा थियो कि पुरा कहानी उनले अझै देखेका छैनन् ।

ह्याकर भन्छन्, ‘म यो नतिजामा पुगें कि यो क्षमता यस्तै दोस्रो परमाणु प्रतिष्ठान बिना हाँसिल गर्न सकिन्न ।’

सिफ्रिडको सन् २०१० को यो यात्राले उत्तर कोरियाको परमाणु कार्यक्रम बारे बाहिरी दुनियाँलाई निकै महत्वपूर्ण जानकारी दिए ।

ह्याकर भन्छन्, ‘मभन्दा पहिले कोही बाहिरी व्यक्ति उत्तर कोरियाको परमाणु प्रतिष्ठानमा गएका थिएनन् । यस्तोमा जुन पनि अनुमान उत्तर कोरियाको युरेनियम सम्बर्धनको क्षमता, हतियार बनाउने क्षमताबारे लगाइयो ती सबैलाई आधा घण्टाको यात्राले स्पष्ट पारिदियो ।’

उत्तर कोरियाले केही महिनामा परमाणु र मिसाइल परिक्षण गरेको छ ।

यी परिक्षणपछि एक पटक पुनः कोरियाली प्रायद्वीपमा तनावको स्थिती पैदा भएको विज्ञ बताउँछन् । थुप्रै विश्लेषकले यसलाई निकै खतरनाक स्थिती मानिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्