
काठमाडौं, २५ वैशाख –स्वास्थ्य उपचारका रसायन तथा उपकरण आपूर्तिकर्ताहरूको छाता संगठन केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (चेम्सन) को नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । संस्थाको वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले सबै पदमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
निर्वाचन समितिका अनुसार सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
कार्यसमितिको निवर्तमान अध्यक्षमा भक्त हमाल, उपाध्यक्षमा उमेशप्रसाद लामिछाने र भण्डारी चयन भएका छन् । महासचिवमा सिताराम कार्की, सचिवमा पुरुषोत्तम भट्टराई र कोषाध्यक्षमा विनोदकुमार मानन्धर चयन भए ।
केन्द्रीय सदस्यमा प्रह्लादकुमार गौतम, अर्जुनकुमार रायमाझी, दिपक शर्मा, पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी, शैलेस कँडेल र शमिर मरहट्टा चयन भएका छन् ।
सर्वसम्मत चुनिएको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।
२०६१ सालमा स्थापना भएको संस्थाको हाल २ सय २५ सदस्य संख्या पुगेको छ ।
खुला सिमाबाट अनधिकृत रुपमा भएको आयात रोक्नुका साथै उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिवद्व रहेको संस्थाले जनाएको छ ।