
कैलाली । बितेको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका २, डोटीका १५ र अछामका १४ जनामा पुष्टि भएको छ ।
प्रदेशमा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।