
बलिउडमा यतिखेर ड्रग्स प्रकरण खुब जमिरहेको छ ।
चर्चित अभिनेत्रीहरूको ड्रग्स च्याट लिक भएसँगै थप रहस्यमय बनेको यो प्रकरण सुशान्त सिंह राजपूतको मृत्युसँग गएर जोडिएको छ ।
उनको मृत्यबारे गरिएको अनुसन्धानले नयाँ मोड लिँदै डग्स प्रकरणमा पुगेको हो ।
यस प्रकरणमाा बलिउडका चर्चित अभिनेत्रीहरू फसेका छन् ।
एनसीबीले शनिवार दीपिका पादुकोण, रकुलप्रीत सिंह, सारा अली खान र करिश्मा प्रकाश तथा श्रद्धा कपूरसँग सोधपुछ गरेको छ ।
यस्तै शनिवार नै धर्मा प्रोडक्सनका पूर्व निर्माता क्षितिज प्रसादलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शनिवारको बयानपछि एनसीबीले चित्तबुझ्दो जवाफ नपाएपछि उनीहरूको मोबाइल फोन जफत गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, एनसीबीले दीपिका, सारा, रकुल, करिश्मा, सिमोन खम्बाटा र जया शाहको मोबाइल फोन जफत गरेको हो ।