साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनमा प्रति तोला ६ सय रुपैयाँको गिरावट भएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घट्दै १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।