०१ असार २०८३, सोमबार

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २ सय ६५ पुग्यो

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २ सय ६५ पुग्यो

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट हालसम्म विभिन्न मुलुकमा रहेका २ सय ६५ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

विभिन्न १७ मुलुकमा रहेका नेपालीमा संक्रमण भएको र अहिलेसम्म २ सय ६५ जनाको मृत्यु भएको एनआरएनएले जनाएको हो । 

यो साता थप २१ जना नेपालीको ज्यान गएको  संघले जनाएको छ ।

संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।  

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।  

ती मध्ये ३५ हजार ७८ जना कोरोना  संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।  

समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।    
 

salt training

कमेन्ट गर्नुहोस्