१५ असार २०८३, सोमबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही मन्त्रालय फुटाउने तयारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही मन्त्रालय फुटाउने तयारी
फाइल तस्वीर

नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको समयमा नेपाल सरकार कन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केही मन्त्रालय फुटाउने विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ ।

सत्तारूढ दल नेकपाको स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य गरिरहेका छन् ।

नेकपा उच्च स्रोतले आजभोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बतायो । कम्तिमा ८ जना मन्त्रीहरू फेरिने सम्भावना छ ।

मन्त्रिपरिषद् पुनर्गठन अघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार पनि छलफल भएको थियो । सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार अध्यक्षद्वयलाई दिएको थियो ।

रेल र पानीजहाज मन्त्रालयथपिने

सरकारले जल र स्थल यातायातको समन्वय गर्नेगरी रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी गरेको छ । मन्त्रिपरिष्द पुनर्गठनमा रेल र पानीजहाज मन्त्रालय बनाउने गरी तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल र पानीजहाज कार्यालय छन् । भौतिक पूर्वाधारबाट यातायातलाई अलग गरेर नयाँ मन्त्रालय स्थापनाको तयारी भइरहेको स्रोतले बतायो ।

‘रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने मोटामोटी सहमति भइसकेको छ, मन्त्रिपरिषद्ले यसको निर्णय गर्ला,’ स्रोतले लोकान्तरसँग भन्यो ।

समुन्द्रमा नेपाली ध्वजाबहाक पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ । ओलीले मिति नै तोकेर पानीजहाज चल्ने संसदबाट घोषणा गरेका थिए । सरकारले दुई वर्षअघि नै ललितपुरमा पानीजहाज कार्यालयसमेत स्थापना गरेको छ ।

पूर्वपश्चिम रेल सञ्चालन गर्ने नेकपाको चुनावी घोषणा पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सोही घोषणालाई कार्यान्वयनमा ल्याउन रेल र पानीजहाज मन्त्रालय स्थापना गर्न लागिएको स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्