
काठमाडौं, २५ वैशाख — दक्षिण भारतका सुपरस्टारको सूचीमा प्रभासको नाम पनि समावेश भएको छ । बाहुबली १ र २ सुपरडुपर हिट भएपछि प्रभासको माग ह्वात्तै बढेर गएको छ ।

विगत पाँच वर्षदेखि बाहुबलीका लागि समय दिइरहेका प्रभासले अहिले ‘साहू’ फिल्मको काम शुरु गरेका हुन् ।
यसको टीजर अहिले रिलिज भएको छ । टीजर हेर्दा यो एक्सन थ्रिलर जस्तो देखिन्छ ।
बाहुबली खेल्दाखेरीसम्म २५ करोड भारु लिने गरेका प्रभासले अहिले आफ्नो पारिश्रमिक पाँच करोड भारु बढाएका छन् ।
आजकल लगातार फिल्म अफर पाइरहेका प्रभासले सबैलाई छोडेर साहू मात्र खेलेका छन् ।
निर्माताहरूले प्रभासलाई भने जति रकम दिन तयार भएपनि प्रभासले एकचोटिमा एउटा मात्र फिल्म खेल्ने मन गरेका छन् । यसबीचमा उनलाई विज्ञापन खेल्ने प्रस्ताव आएको भएपनि उनले इन्कार गरेका थिए ।
यो विज्ञापन खेलेबापत उनले दक्षिण भारतीय कलाकारमध्ये कसैले पनि नपाएको रकम पाउन लागेका थिए, तैपनि खेलेनन् ।
एजेन्सी
हेरौं भिडियो :