०८ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट नेपालमा हुने

कात्तिक २०, २०७४
अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट नेपालमा हुने

काठमाडौं, २५ वैशाख –अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा आगामी जेठ १८ देखि २१ गतेसम्म उक्त मार्ट आयोजना गर्न लागिएको हो ।

ट्राभल मार्टमा संसारभरीबाट करीब २ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । मार्टमा टुरर्स अपरेटर, ट्रेकिङ अपरेटर, राङ्खिटङ अपरेटर, होटल, एयरलाइन्स लगायत पर्यटनस“ग सरोकार राख्ने संस्थाहरूबीच व्यापारीक साझेदारका सम्बन्धमा छलफल तथा अन्तक्र्रिया हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।

सम्मेलनमा विश्व बजारमा पर्यटनको व्यापार, पवद्र्घन, प्रोडक्ट, ब्राण्डिङ, यातायात लगायतका क्षेत्रमा विज्ञहरूले अनुभव र विश्वबजारको प्रवृतिको बारेमा अन्तक्र्रियासमेत गरिने संस्थाले बताएको छ ।

मार्टमा अन्तर्राष्ट्रिय ब्लगर र सञ्चार माध्यमको सम्मेलन हुने आयोजकले जानकारी दिएको छ ।

मार्टमा विश्वभरका ५० देशका बिक्रेता र ५० देशबाट क्रेताहरूले सहभागिता जनाउने छन् । दुई वर्षअघि गएको विनासकारी भूकम्पपछि नेपालको पर्यटन हाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने संस्थाका अध्यक्ष पाण्डेले बताए ।

पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन् मन्त्रालयले समेत सहकार्य गरेको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल होटल संघ (हान), नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर्र एजेन्ट्स (नाट्टा) लगायतका पर्यटन सम्बद्घ संघसंस्थाले पनि सम्मेलनमा सहभागीता जनाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्