०३ साउन २०८३, आइतबार

सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु

सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु

मकवानपुर  जिल्लामा खोलाले बगाउँदा  एक दम्पतीको आज मृत्यु भएको  छ ।

  मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो ।

मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए।  

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको बहाव तीव्र छ । 

salt training

कमेन्ट गर्नुहोस्