३० जेठ २०८३, शनिबार

दक्षिण कोरियामा १९६२ जनामात्रै सक्रिय संक्रमित

दक्षिण कोरियामा १९६२ जनामात्रै सक्रिय संक्रमित

ठूलो संख्याका नेपाली समेत कार्यरत रहेको दक्षिण कोरियामा हाल कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १९६२ जना रहेको कोरियाली सरकारले जनाएको छ ।
हालसम्म सो देशमा झण्डै २३ लाख जनाको कोरोना परीक्षण भएकोमा २३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा पनि हालसम्म २१ हजार २२४ जना निको भइसकेका छन् भने बाँकी संक्रमितको उपचार भइरहेको छ ।
कोरियामा हालसम्म ४०१ जनाको कोरोनाबाट मृत्यु हुँदा १२४ जनाको अवस्था गम्भीर समेत रहेको समाचारमा जनाइएको छ । कोरियामा केही नेपाली समेत कोरोना संक्रमित रहेको समाचारहरु आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्