
काठमाडौं । कोरोना परीक्षण गर्ने निजी ल्याबहरुले सरकारले तोकेको शुल्कभन्दा झण्डै आधा बढी शुल्क लिने लिने निर्णय गरेका छन् । निजी ल्याब सञ्चालकहरूले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने निर्णय गरेका हुन् ।
उनीहरुले सरकार र निजी ल्यबबीचको असमझदारीले कसैको हित नगर्ने चुनौति दिँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८९९ नै यथार्थपरक रहेका बताएका छन् । उनीहरुले शुल्कको विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको र उक्त छलफल सकारात्मक रहेको समेत दावी गरेका छन् । सरकारले यसअघि कोरोना परीक्षण शुल्क रु २ हजार तोकेको थियो ।
