३२ असार २०८३, बिहीबार

मधुमेहबाट छुटकारा पाउन यसो गर्नुस्

कात्तिक २०, २०७४
मधुमेहबाट छुटकारा पाउन यसो गर्नुस्

अस्वस्थ्य खानपान, शारीरिक व्यायामको कमी लगायतका कारणले गर्दा पछिल्ला दिनहरुमा डाइभेटिज (मधुमेह)का रोगीहरुको संख्या बढ्दै गइरहेको छ । डाइभिटिज भइसकेपछि त्यसलाई निदान गर्नु भन्दा खानपानमा ख्याल गरेर त्यसलाई लाग्न नदिने वा प्रारम्भिक चरणमै नियन्त्रणको प्रयाश जरुरी छ । त्यसका लागि केही काम गर्न सकिन्छ ।

उच्च प्रोटिनयुक्त खाना

मधुमेहको खतरामा रहेका मानिसहरुले आफ्नो खानामा उच्च प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्ने हुन्छ । कार्बोहाइड्रेट र बोसोयुक्त खानालाई सकेसम्म कम खाने गर्नुपर्छ । उच्च प्रोटिनयुक्त खानाले शरिरमा उत्पन्न हुने ऊर्जालाई सामान्य बनाइराख्न सहयोग गर्छ भने मेटाबोलिजमलाई पनि बढाउने कार्य गर्दछ ।

धुम्रपान

धुम्रपानले तपाईंको कार्डियोभास्कुलर स्वास्थ्य र हर्मोन उत्पन्नमा प्रतिकुल असर पार्छ जसले मधुमेहको खतरालाई निम्त्याउने गर्दछ । धुम्रपान छोड्दा तपाईंलाई मधुमेहको खतरा हुँदैन भने तपाईंको सम्पूर्ण स्वास्थ्य पनि राम्रो हुनेछ ।

पानी

मानिसको शरिरलाई नभई नहुने तत्वमा पानी शीर्ष स्थानमा आउँछ । दैनिक पर्याप्त मात्रामा पानी पिउँदा यसले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाल्ने काम गर्दछ भने यसले बढ्नसमेत दिँदैन । पानीले तपाईंको मुटुको रोग र मधुमेहलाई पनि टाढा राख्दछ ।

पर्याप्त निन्द्रा

थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

व्यायाम

व्यायमसहितको स्वस्थ जीवनशैलीले तपाईंलाई मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले तपाईंलाई मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्त । तपाईंले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नसक्नुहुन्छ ।

फाइबर

फाइबरयुक्त खानाले तपाईंको रगतमा भएको चीनिको मात्रालाई सोस्न सहयोग गर्दछ । मधुमेहलाई साधारण राख्नका लागि यसले इन्सुलिन निकाल्नसमेत सहयोग गर्छ ।

रगत जाँच

मधुमेहबाट बच्नको लागि सबैभन्दा सजिलो उपाय आफ्नो रगतको निरन्तर जाँच गर्नु हो । ४५ वर्षभन्दा माथिका मानिसले तीन वर्षको एकचोटी रगत जाँच गराउनुपर्ने हुन्छ । यदि तपाईंको रक्तचाप उच्च छ र मोटो हुनुहुन्छ भने तपाईंले निरन्तर रुपमा रगत जाँच गराइरहनुपर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्