
बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ४१६४ नम्बरको ट्रकले हेटौंडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नम्बरको ट्रयाक्टरलाई हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमवार दिउँसो ठक्कर दिँदा ट्रयाक्टर चालकको बाटोमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । दुर्घटनामा परी घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।