निरन्तर घट्दै गइरहेको सुनको मूल्य मंगलवार भने बढ्न पुगेको छ ।
मंगलवार सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार छापावाल सुन प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलवार चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।