२४ असार २०८३, बुधबार

राष्ट्रपति चुनावअघि ट्रम्पले दक्षिण चीन सागरमा क्षेप्यास्त्र प्रहार गर्ने चीनको आशंका

असोज १३, २०७७
राष्ट्रपति चुनावअघि ट्रम्पले दक्षिण चीन सागरमा क्षेप्यास्त्र प्रहार गर्ने चीनको आशंका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः चुनाव जित्नका लागि दक्षिण चीन सागरमा रहेका चिनियाँ टापुहरूमा ड्रोनमार्फत क्षेप्यास्त्र प्रहार गर्न सक्ने ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले लेखेका छन् । 

चिनियाँ सेनाले यसको कठोर जवाफ फर्काउने चेतावनी पनि उनले दिए । 

हुले ट्वीट गर्दै लेखे, ‘प्राप्त सूचनाहरूका आधारमा ट्रम्पले पुनः चुनाव जित्नका लागि दक्षिण चीन सागरस्थित चिनियाँ टापुहरूमा एमक्यू–९ रीपर ड्रोनमार्फत क्षेप्यास्त्र आक्रमण गराउने जोखिम मोल्न चाहन्छ । यस्तो गरिएमा चिनियाँ जनमुक्ति सेनाले निश्चित रूपमा प्रत्याक्रमण गर्नेछ र युद्ध शुरू गर्नेहरूलाई कठोर जवाफ फर्काउनेछ ।’

ताइवानका विषयमा चीन र अमेरिकाबीचको तनाव बढ्दै गएको अवस्थामा हुको यो भनाइ आएको हो । 

एक अमेरिकी सैन्य पत्रिकाले पूर्वी एसियामा क्षेत्रीय सन्तुलन अमेरिका र ताइवानबाट हटेर चीनतर्फ गइरहेको र ताइवानको रक्षा गर्ने हो भने त्यहाँ अमेरिकी सेना तैनाथ गर्नुपर्ने भनी सुझाव दिइएको छ । 

वर्तमान शक्ति सन्तुलनलाई हेर्दा चीनले ताइवानमा अचानक आक्रमण गर्न सक्ने देखिन्छ । 

सन् १९७९ को ताइवान रिलेसन याक्टअन्तर्गत अमेरिका कानूनी रूपमा ताइवानको सहायता गर्न बाध्य छ । 

अमेरिकाले ताइवानमा सेना पठाएमा चीन र अमेरिकाबीचको सम्झौता टुट्ने र ताइवानको जनताका लागि हानिकारक हुने चिनियाँ विश्लेषकहरूको कथन छ । अमेरिकाले त्यस्तो कदम चालेमा चिनियाँ जनमुक्ति सेनाले जोडदार सैन्य कारवाही गर्ने र शक्तिको बलमा ताइवान एकीकरण गर्ने चिनियाँहरू बताइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्