०१ साउन २०८३, शुक्रबार

डा. केसीको मागबारे वार्ताबाट समाधान खोज्न अपिल

असोज १३, २०७७
डा. केसीको मागबारे वार्ताबाट समाधान खोज्न अपिल
फाइल फोटो

जवाफदेहिता निगरानी समितिले डा. गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । 

समितिका संयोजक चरण प्रसाईंले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसीको मागका विषयमा समाधान खोजी उनको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेको छ ।

चिकित्सक डा. केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।’

डा. केसीलाई जुम्लाबाट काठमाडौं स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्