
कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएयता नियमित र उद्दार उडानमार्फत मंगलबारसम्म ८३ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मंगलबारसम्म ८३ हजार २५ नेपाली विभिन्न ३२ मुलुकबाट फर्किएका हुन् । जसमा सबैभन्दा धेरै युएईबाट फर्किएका छन् ।
यसैबीच मंगलबार पनि साउदी, कतार, मलेसिया ओमानलगायतका देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।

