
नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बुधवारदेखि सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।
इजलासलमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
यसअघि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक अधिकार नदिन अन्तरकालीन आदेश जारी गरेको थियो । गौतमलाई थप अधिकार नदिन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चका रिट दायर गरेका थिए । बुधवार गौतमको पक्षबाट डा. युवराज संग्रौला लगायतले बहस गर्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा नियुक्त गरेकी थिइन् । गौतमले सोही दिन राष्ट्रिय सभाको सदस्यको शपथ लिएका थिए ।