१२ साउन २०८३, मंगलबार

३० कोरोना संक्रमित भेन्टिलेटरमा, यी हुन् ५०० बढी संक्रमित रहेका जिल्ला

३० कोरोना संक्रमित भेन्टिलेटरमा, यी हुन् ५०० बढी संक्रमित रहेका जिल्ला

हालसम्म देशभरि सक्रिय कोरोना सङ्क्रमितहरुको सङ्ख्या २० हजार ८९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ८७ छ । यसमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना छन् ।

यस्तै होम आइसालेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको छ ।

विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ ।

यसैगरी हाल देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या २०१ छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३० रहेको छ । कोभिड–१९ बाट सात जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन्  । कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् ।
गत २४ घण्टामा एक हजार ५५९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५७ रहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्